विज्ञान तथा सूचना प्रबिधिमा बलियो हुन नसक्दा सीमामाथि नै जोखिम छः खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले विज्ञान तथा सूचना प्रबिधि प्रणालीमा नेपालको कमजोर पक्षले देशको सीमा निर्धारणमा समेत समस्या आउनसक्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित ‘नेपालमा विज्ञान तथा सूचना–प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘विज्ञान, सूचना तथा प्रबिधिमा हामी कति कमजोर छौ भने हाम्रा धेरै नेताहरूलाई नेपालको दक्षिणतिरको पूर्व–पश्चिमको सीमाना यही हो भन्ने थाहा छ? थाहा छैन,’ उनले भने,‘भारतले मिच्दैमिच्दै यो छेउ हो मेरो सीमाना भन्छ । नेपालले यही भन्छ ।१२३ नक्साहरू छन् । यदि हामीले त्यही नक्सा हो भनेर हस्ताक्षर गर्‍यौ भने सम्भवतः हामीले धेरै जमिन गुमाउनसक्छौं ।’

नेपालसँग विदेशी राडारलाई नियन्त्रण गर्ने प्रणाली पनि चाहिने उनले बताए । यसबाहेक विज्ञानको प्रयोग जनताको जनजीवनमा पनि गर्ने नीति निर्माण गर्नुपर्ने उनले बताए ।

३०,असार.२०७९,बिहीबार ११:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्