काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

4.8K
shares
khanepani bord

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । ३० असार आज दुई कम्पनीब बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर सम्झौतासँगै नेप्सेमा दुबै कम्पनीको कारोबार रोक्का भएको छ । यही असार मसान्तमा प्रारम्भिक सम्झौता गरेर २०८० असार मसान्तमा एकीकृत कारोबार सञ्चालन गर्ने कम्पनीका सेयरधनीले २ वर्षसमम पूँजीगत लाभकर र लाभांशमा लाग्ने करमा छुट पाउनेछन् ।

तर, असार मसान्तपछि मर्जर सम्झौता गर्ने कम्पनीको लागि उक्त कर छुटलाई निरन्ताता बजेटले दिएको छैन । जसले गर्दा असार मसान्त नजिकिन लाग्दा बिमा कम्पनीमा मर्जरको लहर नै चलेको छ ।

IME
khanepani