संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए ।

तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे । ‘आफैं काम गर्ने, आफैं अनुगमन गर्ने, आफैं परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न’, उनले भने ।

आफ्नो समेत ध्यानाकर्षण गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

३०,असार.२०७९,बिहीबार १६:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्