काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

निजी तथा साझेदारीका रुपमा सञ्चालित शिक्षालयलाई सीटीइभीटीको अनुदान

4.34K
shares
khanepani bord

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले नियम मिचेर निजी तथा साझेदारी रुपमा सञ्चालित शिक्षालयलाई सार्वजनिक कोषबाट अनुदान दिएको पाइएको छ ।

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म पाँच संस्थालाई ६५ करोड ७४ लाख ६६ हजार दिएको उल्लेख छ । अनुदान दिने रकम क्रमशः वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

नियमानुसार परिषद्ले आंगिक पोलिटेक्निकल इन्स्टिच्युटहरुलाई मात्रै सार्वजनिक कोषबाट अनुदान दिनुपर्नेछ ।

यस्ता पोलिटेक्निकल इन्स्टिच्युटहरुलाई आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड २६ लाख २० हजार अनुदान दिएको प्रतिवेदनले देखाएको छ ।

IME
khanepani