अवकाशको मुखमा रहेका कुलदेव थापा गुप्तचरको एआईजीमा बढुवा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त महानिरीक्षक (एआईजी)मा कुलदेव थापालाई बढुवा गरेको छ ।

गुप्तचर विभागमा अतिरिक्त मुख्य अनुसन्धान अधिकृतका रुपमा रहेको उक्त दरबन्दीमा डीआईजीको दोस्रो वरियताका थापालाई बढुवा गरिएको हो ।

थापाले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते अवकाश पाउँदैछन् । रिक्त रहेको अतिरिक्त मुख्य अनुसन्धान अधिकृतमा हुतराज थापा, ओम जोशी, सुनिल ढकाल, हरिहर पौडेललगायतले दाबी गरिरहेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले आगामी भदौ २३ गतेबाट अवकाश पाउँदैछन् ।

३१,असार.२०७९,शुक्रबार १८:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्