काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

बालेनसँगको भेटबारे स्थापितले भने- काठमाडौंले यस्तो मान्छे खोजेको होइन

4.9K
shares
khanepani bord

काठमाडौं । नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वालेन शाहलाई घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् ।

केही दिनअघि आफ्नो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।

‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन । घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कही पुर्‍याउँदैन’, स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन । मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ । ऊ भरिभराउ भएर आएको थियो ।’

स्थापितका अनुसार मेयर शाह मिडियाका लागि भेट्न आएको जस्तो देखिन्थे । ‘यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो । यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु । मैले उसलाई सबैभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु ।’

IME
khanepani