काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

कीर्तिनिधि र आफू सत्ताच्युत हुनुपरेको सम्झिँदै ओलीले भने- देशभक्तलाई यहाँ टिक्न दिइँदैन

4.34K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् ।

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको दावी गरे ।

नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा नेपालको भूराजनीतिक चुनौतीका बारेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको टिप्पणी गरे । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको आरोप ओलीले लगाए ।

उनले भने, ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरबाट नाका खोलेबापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ वटा चेकपोष्ट हटाएबापत कीर्तिनिधिले छाड्नपरेको थियो । उत्तरतिर नाका खोलेबापत, चुच्चे नक्सा छापेबापत मैले सत्ताबाट हट्नुपरेको हो ।’

ओलीले देशभक्ति र राष्ट्रिय हितको पक्षमा बोल्नेहरुलाई हटाउन सौदाबाजी हुने गरेको बताए ।

IME
khanepani