पदवहाली गर्दै भुसालले भनिन्- कार्यकाल थोरै भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु

काठमाडौं । उपसभामुख पुष्पा भुसालले आफ्नो कार्यकाल थोरै समयको भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा पदवहाली गर्दै उनले जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिइन् ।

सञ्चारकर्मीसँग भुसालले भनिन्, ‘मेरो कार्यकाल थोरै समय भएको भए पनि मैले मेरो जिम्मेवारी बढेको महसुस गरेकी छु । यो संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुखबाट गरेको अपेक्षा र भूमिका इमान्दारितापूर्वक मेरो आफ्नो काम कारबाही अघि बढाउने छु । र, सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगले अघि बढाउनका लागि मेरो ३ महिना-४ महिना जति समय छ । मेरा लागि एकदमै महत्वपूर्ण रहनेछ र भूमिका पनि त्यसै अनुसार निर्वाह गर्नेछु ।’

१,श्रावण.२०७९,आईतवार १७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्