दैलेखको डुङ्गेश्वर गाउँपालिकामा करार कर्मचारीद्वारा तालाबन्दी

सुर्खेत । २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रुपमा कर्मचारी नियुत्तm गरेको भन्दै एमाले नेतृत्वको टीमले बिदा गरेका करार कर्मचारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन् । करारका कर्मचारीलाई हटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै करारका कर्मचारी र नेपाली कांग्रेसले आन्दोलन थालेका हुन् ।

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाबाट तलबभत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौता साउन १ गतेबाट नवीकरण नहुने निर्णय गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डीसीका अनुसार सबै वडा कार्यालयमा कार्यरत बगैंचे, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालकबाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका सवारी चालक एकजना, विद्यालयतर्फको गेटपाले, माध्यमिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नभएको हो ।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरभाइजर र कचना खानेपानी आयोजनामा कार्यरत प्लम्बर र हेरालु तथा सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नवीकरण भएन ।

२,श्रावण.२०७९,सोमबार १७:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्