काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

कैलालीमा बसको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

4.39K
shares
khanepani bord

धनगढी । कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिंदा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका-२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा ठक्कर दिएपछि गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

बस र चालक धनगढी उप-महानगरपालीका-१ पुष्पलाल चोक बस्ने ४३ वर्षीय दीप श्रेष्ठलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

IME
khanepani