
काठमाडौं । काठमाडौं महानगरले तीनवटा आधुनिक प्रविधियुक्त दमकल खरिद गरेको छ । महानगरसँग पर्याप्त दमकल नहुँदा समयमै आगलागी नियन्त्रणमा समस्या भोग्दै आएको थियो ।
महानगरका मेयर बालेन साहले पूर्वमेयर विद्यासुन्दर शाक्यको पालामा थालिएको खरिद प्रक्रियाअन्तर्गत ३ वटा दमकल महानगर आइपुगेको जानकारी गराएका छन् । यी दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मेयर साहले सामाजिक सन्जालमा लेखेका छन्, ‘सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । आगोको विषयमा कहिल्यै पनि हेलचेक्राइँ नगरौं । सावधान रहौं । र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौं ।’
प्रतिक्रिया दिनुहोस्