सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ ।

समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ।

३,श्रावण.२०७९,मंगलवार १३:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्