५ नेताको भेटबारे ओलीले भने, ‘फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको बताएका छन् । पार्टीको वागमतीस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका नेताको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरू भएको बताएका हुन् ।

‘आज तपाईँहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको छ । यो त्यति सफल हुँदैन,’ ओलीले भने ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो । मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईबीच पनि समाजवादी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो । पार्टी एकता नभई समाजवादी केन्द्र बनाउन आफूहरू लागिपरेको उनीहरूको भनाइ थियो ।

ओलीले कसैको नाम नलिई सैद्धान्तिक पूर्वाग्रह राख्ने मानिस के बोल्छन्, के गर्छन् भन्ने ठूलो विषय नभएको बताए ।

४,श्रावण.२०७९,बुधबार १३:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्