काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाको प्रत्यक्ष प्रशारणमा लापरबाही, दिनहुँ आउँछन् समस्या

4.38K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारणमा लापरबाही छ । प्रत्यक्ष प्रशारणका क्रममा भिडियो नै नदेखिने, आवाज नसुनिने, सानो आवाज सुनिने, सांसद बोलिरहेको माइक नै बन्द हुने जस्ता समस्या दैनिकजसो देखिने गर्छ ।

बुधबार पनि नेकपा एमालेका सांसद नरबहादुर धामी विशेष समयमा बोलिरहेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न गरिरहेका थिए । तर, त्यति नै बेला उनी बोलिरहेको माइक बन्द भयो । उनले ‘के भएको यो ?’ भन्दै सभामुखतिर हेरे । नजिकै रहेको अर्का सांसदको माइक तानेर बोले ।

संसद सचिवालयका अधिकारीहरु पनि संसदको प्रत्यक्ष प्रशारणको क्वालिटीमा निरन्तर प्रश्न उठिरहेको स्वीकार्छन ।

प्रावधिकलाई राखेर पटक–पटक छलफल गरेको र अब समस्या हुन नदिने गरी व्यवस्थापन गर्ने भनिएको सुनाउँछन् । तर, पुरानो सिस्टममार्फत प्रत्यक्ष प्रशारण गर्नु परेका कारण समस्या आउने गरेको पनि उनीहरुको भनाइ छ ।

IME
khanepani