काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

२० मध्ये १६ देशका राजदूतको एग्रिमो आइपुग्यो, चारको अझैं बाँकी

4.52K
shares
khanepani bord

काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारद्वारा प्रस्ताव भएका २० देशका राजदूतहरूमध्ये १६ वटा देशका लाग एग्रिमो आइपुगेको र चारवटाको बाँकी रहेको जनाएको छ ।

मन्त्रालयद्वारा बुधबार आयोजति नयिमति पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन् ।

‘सरकारले प्रस्ताव गरेकामध्ये १६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो,’ उनले भनिन्, ‘३ मुलुकमा नियुक्ति प्रक्रिया अघ बढिसकेको छ, ४ जना राजदूत कार्यभार सम्हाल्न हिँडिसके।’

प्रवक्ता लम्सालका अनुसार अब चारवटा मुलुकबाट एग्रीमो आउन बाँकी छ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै अघिल्लो सरकारले नियुक्त गरेका विभिन्‍न देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको थियो । तर, सरकार गठन भएको एक वर्ष बितिसक्दा सबै देशमा नयाँ राजदूत पठाउन ढिलाइ भइरहेको छ ।

IME
khanepani