काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

पूर्वमन्त्री ज्ञवालीको भाइरल फोटो चार वर्षअघि अमेरिकामा खिचिएको पुष्टि

3.91K
shares
khanepani bord

काठमाडौं । दुई दिनअघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्न आफ्नै सन्दर्भ उल्लेख गरे । उनले आफ्नै भान्सामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताए ।

पूर्वमन्त्रीको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । यस क्रममा ज्ञवालीले खाना खाइरहेको एउटा तस्वीर भाइरल भइरहेको छ ।

तस्वीरमा उनले खाना खाइरहेको टेबल विभिन्न परिकारहरुले भरिभराउ देखिन्छ । यही तस्वीरलाई उनको अभिव्यक्तिसँग जोडेर गलत प्रचार भइरहेको थियो ।

ज्ञवालीको यो तस्वीर उनको आफ्नो घरभित्रको भने थिएन । आजभन्दा चार वर्ष अगाडि अमेरिका बसाइका क्रममा एक नेपालीको भान्सामा यो तस्वीर खिचिएको पुष्टि भएको छ ।

अमेरिका निवासी भरतराज ज्ञवालीले आफ्नो घरको भान्सामा यो तस्वीर आफैँले मोबाइलबाट खिचेको पुष्टि गरेका छन् ।

‘मैले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर प्रदिप ज्ञवालीबारे गलत प्रचार गरिएको छ । यस्ता काम गर्ने अपराधिलाई सजाय होस्,’ उनले फेसबुकमा लेखेका छन् ।

ज्ञवालीले यो तस्वीर ३० सेप्टेम्बर २०१८ मा पोष्ट गरेका थिए ।

IME
khanepani