अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ४ मा मतदानका क्रममा मतपत्रमा मतदान अधिकृतको...

पुरा पढ्नुहाेस्

महिला यूरो: रोमान्चक जितसहित इंग्ल्यान्ड सेमिफाइनलमा

5.46K
shares
khanepani bord

काठमाडौं । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।

अब, सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ ।

IME
khanepani