
काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले करकाे दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेको छन् ।
तत्कालीन अर्थमन्त्री शर्माले संसदीय समितिमा बयान दिने क्रममा यस्तो बताएका हुन् । उनले अहिले छानविन समितिमा बयान दिइरहेका छन् ।
उनले भने‘नियम कानुन र तोकिएको मापदण्ड अनुसर नै करका दर हेरफेर भएको हो । कुनै व्यक्तिको विवेक अनुसर करकादर तलमाथि भएको हैन ।’
शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई समितिमा बाेलाएकाे थियाे । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियाे ।
प्रतिक्रिया दिनुहोस्