आबुखैरेनीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौं । तनँहुको आबुखैरेनी गाँउपालिका–१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ ।

डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।

५,श्रावण.२०७९,बिहीबार ०९:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्