काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

मेरो भोट बढ्छ भनेर फोहोर व्यवस्थापनको अवधारणा कार्यान्वयन गरिएन : प्रकाशमान

5.5K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि विगतमा आफूले ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याएकोमा प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको दाबी छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदा मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरेँ । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्‍यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’

अर्को एक प्रसंगमा उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन दिएका छन् ।

समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधिसभाका सबै तहका जनप्रतिनिधिहरू मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरूको समस्या हामीलाई भन्नुपर्‍यो । हामीसँगै बसेर प्रबलमलाई सल्भ गर्छौं ।’

काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै उनले कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे ।

उनले भने, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईंहरुको घरमा, छोरीको पढाइलेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्‍यो । भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर, तपाईंहरूले जनप्रतिनिधिहरूलाई विश्वास गरेर भन्नुपर्‍यो ।’

IME
khanepani