काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

पूर्वअर्थमन्त्रीको बयानपछि छानबिन समितिका सदस्यसचिव भन्छन्, ‘हामीले धारणा बनाउन बाँकी नै छ’

5.27K
shares
khanepani bord

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिलाई दिइएको म्याद आज सकिँदैछ । तर, समिति अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

समितिले आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर ३ घन्टा लामो बयान लिएको थियो । बयानमा अर्थमन्त्रीले आफूमाथि लागेको आरोप अस्वीकार गरे । बजेट भाषणको अघिल्लो रात अर्थ मन्त्रालयमा कोही पनि अनाधिकृत व्यक्तिको प्रवेश नभएको उनको जिकिर थियो ।

बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले शर्माले यसअघि संसदमा बोलेका कुराहरुलाई नै बल पुग्ने गरी बयान दिएको बताए । अहिलेसम्म कसैले पनि बजेट निर्माण प्रक्रियामा अनाधिकृत हस्तक्षेप स्वीकार नगरेको उनको भनाइ छ ।

अर्यालले भने, ‘हामीले बजेट निर्माणमा संलग्न सबैको बयान लियौं । अहिलेसम्म कसैले पनि अनधिकृत व्यक्ति प्रवेश गरेको हो भनेर भन्नुभएको छैन ।’

समितिमा बयान दिनेहरूको कुरा बाझिएको छ कि छैन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यस्तो हामीले पाएका छैनौं ।’

करका दरको हेरफेर गर्नुपर्ने आवश्यकता र सान्दर्भिकताबारे सबैले आफ्नो धारणा राखेको काफ्ले बताए । सबैको बयान सकिएर सीसीटीभी फुटेजको रिपोर्ट पनि आइसकेपछि समितिले धारणा बनाउने उनको भनाइ छ ।

‘सीसीटीभी फुटेजको रिकभरिका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । त्यसको रिपोर्ट आएपछि निष्कर्षमा पुग्न सहज हुन्छ । अहिलेसम्म समितिले आफ्नो धारणा बनाएको छैन,’ उनले भने ।

समितिको काम नसकिने भएपछि म्याद थपका लागि सभामुखसमक्ष लिखित आग्रह गरिएको काफ्लेले जानकारी दिए ।

उनले भने, ‘अब कति समय लाग्ने हो भन्न सकिँदैन । त्यसैले यति दिन उति दिन नभनिकन हामीले आवश्यकता अनुसार समय थप गर्न माग राखेका छौं । आज संसद बैठक पनि छ । कति दिन म्याद थप हुन्छ, अहिले भन्न सक्दिनँ ।’

IME
khanepani