मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोमले करार शिक्षक तथा कर्मचारीको गरे माग

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)ले करार शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट पदपूर्ति समितिले तीन उप-प्राध्यापक, मुख्य सहायक प्रशासन, मुख्य सहायक कम्प्युटर प्राविधिक, मुख्य सहायक रिसेप्सनिस्टमा एक एक जना गरी ६ पदमा आवेदन आह्वान गरेको छ ।

पदपूर्ति समितिले योग्यता पुगेका इच्छुक उम्मेदवारले नियमित दस्तुरमा भदौ ८ गते अपराह्न ५ बजेसम्म तथा डबल दस्तुरमा भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा दरखास्त बुझाउन सकिने उल्लेख गरेको छ ।

दरखास्त फाराम मुसोमको प्रशासनिक कार्यलयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

५,श्रावण.२०७९,बिहीबार १३:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्