एमाले कर्णाली प्रदेश कमिटी कार्यालय महासचिव पोखरेलले गरे उदघाटन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको कार्यालय आज एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका- ८ मा भाडामा सञ्चालनमा ल्याइएको उक्त कार्यालय उदघाटन गरिएको हो । आजै वीरेन्द्रनगरमा बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको छ ।

महासचिव पोखरेल आज दिनभर उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

७,श्रावण.२०७९,शनिबार १२:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्