२०१९ एम्पुल लागुऔषधसहित वीरगञ्जमा युवक पक्राउ

काठमाडौं । वीरगञ्जबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र उनको कारसहित नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ पौने ९ बजेको समयमा वीरगञ्ज महानगर-१६ रजतजयन्ती चोकस्थित सडकबाट वडानम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बीआर०वाई८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको जनाएको छ ।

पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

७,श्रावण.२०७९,शनिबार १२:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्