सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

काठमाडौं । पूर्वमन्त्री एवम् सांसद सरिता गिरीले आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् ।

शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरिन् ।

गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् ।

गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले ढिलै भएपनि नागरिकता विद्येयक आएको भन्दै अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरिन् ।

त्यस्तै उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।

तत्कालीन सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालकाे नयाँ नक्सा जारी गरेकोमा गिरीले विरोध जनाएपछि जसपाले सांसद पद र पार्टीमा नरहने गरी कारवाही गरेको थियो ।

त्यस यता उनी पार्टीविहीन थिइन् ।

७,श्रावण.२०७९,शनिबार १७:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्