प्रेस युनियनको चुनाव: अध्यक्ष शिव लम्साल अघि, उपाध्यक्ष खुल्लामा नकुल अर्यालको अग्रता

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना शुरु भएको छ ।हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना शुरु भएको हाे ।

अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन पक्षबाछ उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएको छ । सस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् ।

संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ३ सय १६ मत प्राप्त गरेका छन् । लम्साल ४५ मतले अघि छन् ।
यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालले अग्रता बढाएका छन् । अर्यालले ३४२ मत पाएकाछन् । रामजी दाहालले २५० शेखर रेग्मी १८१, भीष्मराज ओझाले २८० मत पाएका छन् ।

यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९१ मुरारी अधिकारीले २८४ मत पाएका छन् ।

८,श्रावण.२०७९,आईतवार ०८:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्