
काठमाडौं । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ ।
झापाको कचनकवल गाउँपालिका ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको रुखमा तीन किशोरी झुन्डिएर अवस्थामा फेला परेको हो ।
कचनकवल-५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोहमद नुर आलमले बताए ।
उनले भने,‘ आज बिहान साढे ७ बजे उनीहरुको शव फेला परेको हो । उनीहरु छुटाछुटै परिवारको रहेका छन् ।’
उनका अनुसार तीनजना किशोरी घरबाट शनिबारदेखि बेपत्ता भएका थिए । चिया बगानमा काम गर्नेहरु आज बिहान रुखमा शव झुडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्