कारागार व्यवस्थापन विधेयक पारित गर्न गणपुरक नपुगेपछि सदन स्थगित

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको कारागार व्यवस्थापन विधेयक पारित गर्नका लागि गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाबाट कारागार व्यवस्थापन सम्बन्धी ऐन पारित गर्नका लागि निर्णयार्थ पेस हुन लागेका बेला नेपाल मदजुर किसान पार्टीका सदस्य प्रेम सुवालले बहुमत भए-नभएको एकिन गर्न माग गरेका थिए । त्यसै मागअनुसार सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेटेको घण्टी बजाएका थिए ।

घण्टी बजाउदाँ पनि गणपुरक संख्या नपुगेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । गृहमन्त्री बालकृष्ण खाणले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए लगत्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्ने तयारी गरेका बेला सांसद सुवालले गणपुरक संख्या पुगे नपुगेको एकिन गर्न माग गरेका थिए ।

८,श्रावण.२०७९,आईतवार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्