काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

4.03K
shares
khanepani bord

चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वषर्ीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले जानकारी दिए । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

कृष्णप्रसाद वैदेशिक रोजगारीबाट डेढ महिना अघि मात्रै फर्किएका थिए । उनकी श्रीमती रुस्मा शिक्षिका हुन् । श्रीमान् विदेशबाट फर्किएदेखि नै उनीहरुबीच घरायसी कुरामा झगडा हुने गरेको छिमेकीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । श्रीमान-श्रीमतीको बोलचालसमेत नभएको र घरको अलग-अलग फ्ल्याटमा बस्ने गरेको स्थानीयले जानकारी दिए । उनीहरुको १२ वषर्ीया एक छोरी छिन् ।

IME
khanepani