पैसा नभै चुनाव जित्न सकिन्न, मन्त्री भएपछि चुनाव खर्च असुल्न थाल्छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डलले संघ प्रदेशका चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिक्रदम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् ।

उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए ।

उनले भने, ‘निर्वाचन प्रणाली सुरुमा त क्रान्तिको रापताप हुँदाखेरि जो उठेपनि जित्ने जस्तो भएको थियो २०६४ को चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो । अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकदम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।’

उनले चुनावमा खर्च गरेको पैसा मन्त्री भएपछि असुल्ने गरेको समेत खुलाए ।

९,श्रावण.२०७९,सोमबार १०:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्