काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

लघुवा दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

5.79K
shares
khanepani bord

रुपन्देही । पाल्पाको लघुवामा आइतबार बस दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ । ३ जना पुरुष र ३ जना महिलाको सनाखत भएको हो ।

बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका- २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । अन्य साथै १६ जना घाइते भएका थिए ।

सो घटनामा परेर गुल्मी चन्द्रकोट- ८ का १४ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसीकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह–७ की वृद्धा दिलसरी कामी, कपिलवस्तु वाणगंगा- २ का ४५ वर्षीय यमबहादुर सोमै र नवलपरासी बर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी, बाग्लुङ बढिगाढ- १० की यमकली थापाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

घाइतेहरुको उपचार पाल्पा तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा भइरहेको छ । आइतबार अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करीब १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकको डिल भासिएर दुर्घटना भएको हो ।

IME
khanepani