पूर्वअर्थमन्त्रीमाथि छानबिन : प्रहरीले बुझायो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

काठमाडौं । नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

समितिलाई उक्त रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले पुष्टि गरेका छन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटीभी फुटेज माग गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जवाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

९,श्रावण.२०७९,सोमबार १५:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्