कोहलपुरमा दम्पती मृत भेटिए, हत्याको आशंका

रुपन्देही । बाँकेको कोहलपुर नगरपालिका- १४ पार्वतीपुरमा एक दम्पती घरमै मृत अवस्थामा भेटिएका छन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार मंगलबार बिहान २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अन्जली गडरिया मृत भेटिएका हुन् । श्रीमती घरभित्र र श्रीमान बाहिर भेटिएको भन्दै उनले अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या भएको देखिएको बताएका छन् ।

‘शरीरमा चोट छ, घटनास्थलमा चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य छ, केही लडीबुडी गरेजस्तो पनि देखिएकाले पनि उनीहरूको हत्या भएको देखिन्छ । प्रहरी पुगेको छ अनुसन्धानबाट सबै आउला’, उनले भने ।

१०,श्रावण.२०७९,मंगलवार १०:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्