आइतबार र सोमबार इजरायल उडेका कामदारहरु दुवईको आबुदावीमा अलपत्र
वि.सं.२०७९ साउन १० मंगलवार १०:३६
shares

काठमाडौं । इजरायलको दिर्घकालीन स्याहार केन्द्रका लागि आइतबार र सोमबार इजरायल उडेका कामदारहरु दुवईको आबुदावीमा अलपत्र परेका छन । इजरायल सरकार र नेपाल सरकारवीच जीटुजी अन्तरगत जान लागेका कामदारहरु यसरी अलपत्र पर्नु सरकारी अधिकारीहरुको अकर्मनियता भएको छ । सेल्कन होलिडे प्रा.ली नागपोखरीले कामदारको ट्राभल्स ठेक्का लिएको हो ।
नेपाली कामदारलाई काठमाडौंबाट आवुदावी लगेपछि करिव १६ घण्टा भन्दाबढी ट्रान्जीटमा राखेको छ । यो समयमा खाना, बस्नको समेट प्रवन्ध नगरिकन एयरपोर्टको बाटोमा सुत्न बाध्य बनाएको त्यहाँ गएका कामदारहरुको गुनासो रहेको छ ।
टिकटमा नौ घण्टा ट्रान्जीट देखाएर ट्राभल्सले ठगि गरेको कामदारहरुको आरोप छ । यसै सम्बन्धमा बैदेशिक रोजगार विभागका निर्देशक डम्बरकुमार सुनारसँग कुरा गर्दा उनको भनाइछ, धेरै पटक ट्राभल्सलाई भनियो तर, सुधार गरेको छैन । पुनः एक पटक कुरा गरेर यो समस्या सल्टाउने कुरा भएको बटाएका छन ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव एकनारायण अर्यालले विभागका निर्देशक र महानिर्देशकलाई समस्या नबनाउन निर्देशन दिएको सचिवको सचिवालयबाट जानकारी प्राप्त भएको छ ।
























