मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घट्यो

काठमाडौं । सुनचाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

साेमबार प्रतिताेला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । साेमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे थियो ।

१०,श्रावण.२०७९,मंगलवार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्