एटीएम मेसिन फोड्दै गरेका दुईजना पक्राउ

काठमाडौं । पर्सामा एटीएम मेसिन फोड्दै गरेका दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमारा उपमहानगरपालिका-५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकुमार चौधरी रहेको प्रहरीले बताएको छ ।

उनीहरूलाई वीरगञ्जको माछापुछ्रे बैंकको एटीएम फोरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

१०,श्रावण.२०७९,मंगलवार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्