काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

सीसीटीभी फुटेज विश्लेषण गर्न विज्ञहरुसहित छानबिन समितिको अर्को बैठक सुरु हुँदै

4.03K
shares
khanepani bord

काठमाडौं । अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमाथि विश्लेषण गर्न संसदीय छानबिन समितिको अर्को बैठक सुरु भएको छ । बैठकमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी रहनेछन् ।

बिहान बसेको समिति बैठकले फुटेजमा देखिएका दृश्यहरु प्रस्ट नभएकाले प्रयोगशालाका विज्ञहरुलाई बोलाउने निर्णय गरेको थियो । सोहीबमोजिम अहिले विज्ञहरुसँग छलफल गर्न लागिएको हो । विज्ञहरु छलफलका लागि सिंहदरबार आइसकेका छन् ।

प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभीबाट डिलिट भएको फुटेज रिकभर गरेर समितिलाई उपलब्ध गराइसकेको छ । सो फुटेजमा १४ गते रातको दृश्य पनि समावेश छ, जुन दिन अर्थ मन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको थियो ।

तर, उक्त दृश्यमा मानिसहरुको पहिचान हुन नसकेको समिति सदस्यहरुले बताएका छन् ।

khanepani