स्थानीय चुनावमा ५ अर्ब खर्च, आयोगद्वारा सरकारलाई ३ अर्ब फिर्ता

काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा कुल ५ अर्बभन्दा बढी रकम खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण प्रस्तुत भएको हो ।

आयोगका अनुसार आयोगलाई निर्वाच्नका निम्ति ८ अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो ।

त्यसमध्ये ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७० रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।

बचत भएको ३ हअर्ब ६ लाख ८६ हजार १२४ रुपैयाँ सरकारलाई फिर्ता गरिएको उनले जानकारी दिए ।

१०,श्रावण.२०७९,मंगलवार १७:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्