प्रदेश १ मा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

काठमाडौं । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

११,श्रावण.२०७९,बुधबार ०७:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्