
काठमाडौं । नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना भएको छ ।
आज बिहान साढे ५ बजेको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टँदा कम्तिमा २१ जना घाइते भएका छन् ।
बसमा आगो समेत लागेको छ । बसमा ३५ जना सवार भएको भनिए पनि यकीन तथ्यांक आई नसकेको नवलपुर प्रहरीले जानकारी दिएको छ।
घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्