
काठमाडौ । काठमाडौ त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएको छ।
भवन जीर्ण भइसकेको भन्दै पुनर्निर्माण गर्न नेविसंघले चरणवद्ध आन्दोलन गरिरहेको थियो।
नेविसंघ त्रिचन्द्र कलेजका नेता गोविन्द कोइरालाले भवन निर्माण गर्न अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको जानकारी दिए।
अर्थले ४८ करोड २० लाखको सीमाभित्र रही भवन निर्माण अघि बढाउन स्रोत सुनिश्चित गरेको हो।
त्रिचन्द्र क्याम्पसल प्रवलीकरणका लागि उक्त स्रोत सुनिश्चित गरिएको हो।
यो बहुवर्षे आयोजनाका रूपमा कार्यान्वन हुने छ।
प्रतिक्रिया दिनुहोस्