काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

सेतो मच्छिन्द्रनाथको रथ यात्रा हुने बाटोमा कंक्रिट संरचना

5.62K
shares
khanepani bord

काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा अग्लो कंक्रिट संरचना राखिएपछि विरोध सुरु भएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी कंक्रिट संरचना राखिएपछि स्थानीयबासीले विरोध गरेका हुन् ।

यो कंक्रिट संरचना कुन निकायले र किन राखेको भन्ने खुलेको छैन । झण्डा वा अग्लो बत्ती राख्ने गरी पोद राख्न लागिएको अनुमान गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले यो संरचना बनाएको हुनसक्ने अनुमान छ ।

वडा कार्यालयले पनि यसबारे अनभिज्ञता जनाएको छ । सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा पुजारी निलकाजी शाक्यले यसबारे ध्यानाकर्षण भएको बताएका छन् । रथ यात्रा अवरुद्ध हुने र अन्य यात्रुहरुलाइ समेत असर पर्ने गरी बनाइएको संरचना हटाउन उनले माग गरेका छन् ।

‘रथात्रा हुने बाटोमै अपर्झट यस्तो संरचना बनाइएछ,’ उनले भने,’ यसले रथ यात्रा नै रोकिने अवस्था देखियो, वडा कार्यालयलाई पनि जानकारी छैन, स्थानीय सरकारलाई जानकारी नदिई बनेको यस्तो संरचना हटाउनुपर्छ ।’

यदि संरचना नहटाए संघर्ष गर्नुपर्ने अवस्था आउने उनले चेतावनी दिए ।

IME
khanepani