पार्किङका अन्डरग्राउन्ड खाली गर्न घरधनीलाई काठमाडौं महानगरको निर्देशन, अटेर गरे कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ । निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।

गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सापास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ ।

ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा सन्चालन भइरहेको बुझिएको छ । महानगरपालिकाले साउनको पहिलो साता गोरखापत्र, कान्तिपुर लगायत राष्ट्रिय दैनिकहरुमा ३५ दिने सूचनमा निकालेको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निर्देशन नमान्ने घरधनीलाई नियमानुसार कारबाही गरिने बताए ।

नक्सा स्वीकृत भएअनुसार काम भए काठमाडौं महानगरपालिकामा ट्राफिक व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुने काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख मीरा चौधरीले बताइन् ।

११,श्रावण.२०७९,बुधबार १२:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्