काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

राप्ती गाउँपालिकाका विद्यालय वरपर जंकफुड बिक्री गर्न रोक

3.97K
shares
khanepani bord

दाङ । दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फुड बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फुड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको छ ।

गत असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फुड प्रयोग नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न पालिकाले सबै विद्यालयलाई पत्राचार गर्दै विद्यालय क्षेत्र वरपर जंक फुड बिक्रीमा रोक लगाउन निर्देशन दिएको छ ।

गाउँपालिकाले जंक फुडका साटो स्थानीय स्तरमा उत्पादन हुने फलफूल अन्न धान, मकै, गहुँ, अण्डा, तरकारी तथा सागसब्जी, काउली, आलु, केराउ, चना आदिबाट बनेका खाना तथा खाजाको बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

उनले प्लाष्टिकका माला तथा खादा प्रयोगमा समेत प्रतिबन्ध लगाएको बताए । प्लास्टिक जन्य वस्तुको साटो स्थानीय स्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गरिएको उनले बताए ।

त्यस्तै गाउँपालिकाले विद्यार्थीले गह्रुंगो झोला बोकेर विद्यालय जानुपर्ने स्थितिको अन्त्य गर्न पनि निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । गह्रुंगो झोला बोक्दा बालबालिकाको टाउको तथा हड्डीमा समेत नकारात्मक असर पर्ने गाउँपालिकाले बताएको छ ।

हेर्नुहोस् गाउँपालिकाको निर्देशन

IME
khanepani