कोरोनाबाट थप एक जनाको मृत्यु, ५६४ जनामा संक्रमण

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोनका कारण थप एक जनाको मृत्यु भएको छ भने ५६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै कूल सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।

त्यस्तै, आजको दिनमा थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

११,श्रावण.२०७९,बुधबार १७:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्