काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

काठमाडौंले सहुलियतमा ३ प्रकारका वेष्टविन बाँड्ने

3.8K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० बजेटमा अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको छ । । बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने छ । महानगरले सहुलियतमा वेष्टविन बाँड्नको लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गरिने छ । जसको लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । यस्ता कर्मचारीहरुलाई महानगरले तौलिया रुमाल, साबुन, गमबुट, पानी वर्षादी किन्नको लागि ४० लाख बजेट, माक्स पञ्जा र सेनिटाइजका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै विशेष सरसफाइ, रात्रिभत्ता, खाना तथा खाजाको लागि ५० लाख, सरसफाइ कर्मचारीको लागि चियाकफी खर्च भनेर १५ लाख रुपैयाँ महानगरले छुट्याएको छ ।

khanepani