रानीपोखरीमा माछा र हाँस पाल्न महानगरको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ । माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ ।

यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ । जसका लागि महानगरले २५ लाख रुपैयाँ छुटट्याएको छ ।

११,श्रावण.२०७९,बुधबार १७:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्