परवानीपुर र सिमरा विमानस्थलमा भारी वर्षा, बाढी आउने चेतावनी

काठमाडौं । बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ । चितवनको शक्तिखोर,बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यी स्थानमा थप वर्षा हुने पूर्वानुमान रहेकाले राप्ती, रिउखोला, पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स साना खोलामा आकस्मिक बाढी आउने सक्ने छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसो सम्म उच्च सतर्कता अपउन विभागले आग्रह गरेको छ।

१२,श्रावण.२०७९,बिहीबार ०८:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्