काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

दुवाकोटमा वीर अस्पताल निर्माण अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

5.15K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माण तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

बिहीबर अस्पताल परिसरमा आयोजित अस्पतालको १३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देउवाले स्वास्थ्यमन्त्री भवानी खापुङलाई दुवाकोटमा रहेको वीर अस्पताललाई बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न निर्देशन दिएका छन् ।

उनले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको हुँदा अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।

भूकम्प र कोरोना जस्तो महामारीमा उल्लेखनीय काम गरेको भन्दै वीर अस्पतालको देउवाले प्रशंसा गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुर्गममा पनि स्वास्थ्य सेवा पुर्याउन सरकार प्रयत्नशील रहेको बताए ।

IME
khanepani