भोजपुर क्याम्पस सुधारका लागि संयुक्त विद्यार्थी संगठनको १० बुँदे माग

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा सुधारको माग गर्दै विभिन्न विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् ।

सत्ता गठबन्धन दलनिकटका विद्यार्थी संगठनहरूले १० बुँदे माग राख्दै क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनको जिल्ला नेतृत्व र क्याम्पस संगठनका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापन पत्र क्याम्पस प्रमुख भुलानाथ राईलाई बुझाइएको छ ।

विभिन्न दाताबाट प्राप्त बजेटबाट बन्न लागेका क्याम्पसको संरचना सरोकारवालासहितको निर्णयबाट गरिनुपर्ने, पुराना भवनको संरचनाहरू हटाउँदा ती सामाग्रीको बिक्री गर्दा अनियमतता भएकाले छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, पुस्तकालय सेवालाई प्रभावकारी बनाउनुपर्ने, विद्यार्थीलाई शुल्कअनुसार पाठ्यपुस्तक र खेलकुद सामग्री पर्याप्त उपलब्ध गराउनुपर्नेलगायतका माग राखिएको अनेरास्ववियूका भोजपुर अध्यक्ष प्रकाशसिंह राईले बताए ।

१३,श्रावण.२०७९,शुक्रबार १५:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्